सिद्धबाबालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन दर्ता

विराटनगर : उच्च सरकारी वकिलको कार्यालयले विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाई दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता गराएको छ । निवेदन दर्ता भएसँगै उच्च अदालतले मुद्दाको सक्कल मिसिल पठाउन सुनसरी जिल्ला अदालतलाई पत्रचार गरेको छ । जिल्लाबाट सक्कल मिसिल आएपछि मुद्दाको सुनुवाई प्रकृया अघि बढ्नेछ ।
गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । दुई महिनापछि अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको थियो । पूर्णपाठ सार्वजनिक भएको एक महिनापछि शुक्रबार उच्चमा पुनरावेदन निवेदन दर्ता भएको हो । सामान्यतया फैजदारी मुद्दामा फैसलाको एक महिनाभित्र फैसला लेख्न सक्नुपर्छ ।
२०७६ कात्तिक ४ गते राती सिद्धबाबाले करणी गरेको भनि २०७६ मंसिर ११ गते जाहेरी दर्ता भएको थियो । जाहेरीपछि पक्राउ परेका सिद्धबाबाले हिरासतको समय अवधिमा विराट नर्सिङहोममा बसेका थिए । तत्कालिन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले २०७६ साल पुस १४ गते तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।
जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्चमा पुनरावेदन दिएको थियो । ९ माघ २०७६ मा उच्च अदालत विराटनगरमा मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया