ताइवानमा विदेशी हस्तक्षेप र पृथकतावादी गतिविधि अमान्यः चीन
ताइवानमा-विदेशी-हस्तक्षे

ताइपेय- चीनले ताइवानसँग ‘पुनर्मिलन’ को योजना दोहोर्याउँदै चीनमा कुनै पनि पृथकतावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको थियो ।
तर, चीनले ताइवानलाई आफ्नै मूल भूमि सम्झन्छ । चीनको संसदको वार्षिक वैठकलाइ सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली खछ्याङले बेइजिङ एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताए । एक चीन नीतिअनुसार ताइवान चीनको एउटा महत्वपूर्ण अंश भएको उनले बताए ।
‘हामी ताइवान स्टेटमा शान्तिपूर्ण सम्बन्धको विकास र चीनको पुनर्मिलनलाई अगाडि बढाउनेछौं’, प्रधानमन्त्री लीले भने, ‘स्वतन्त्र ताइवान चाहने जुनसुकै विखन्डनकारी गतिविधि र विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गर्छों । ’
उनले अगाडि थपे, ‘ताइवान स्टेटकाे दुबै छेउमा रहेका चिनियाँहरू हामी सबै चीनकोे महान र गौरवपूर्ण उद्देश्यलाई अगाडि बढाउन एकजुट हुनुपर्छ । ’

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया