उत्तर कोरियाले पूर्वी क्षेत्रको समुद्रमा व्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको भनाइ
उत्तर-कोरियाले-पूर्वी-क्

काठमाडौँ – उत्तर कोरियाले आफ्नो पूर्वी सामुद्रिक क्षेत्रमा व्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अनुमान गरिएको दक्षिण कोरियाले शनिबार जनाएको छ ।
दक्षिण कोरियाको उच्च सैन्य स्रोतका अनुसार स्थानीय समयअनुसार शुक्रबार करिब ८ः४८ बजे प्योङयाङको सुनान क्षेत्रबाट क्षेप्यास्त्र प्रक्षेपण गरिएको र उक्त हतियार ब्यालेस्टिक क्षेप्यास्त्र नै थियो । यद्यपि यस सन्दर्भमा थप प्रमाणहरूका लागि अनुसन्धान भइरहेको बताइएको छ ।
दक्षिण कोरियाका सैनिकले सम्बन्धित गतिविधिहरूको खोजी गरिरहेको र सम्भावित थप प्रक्षेपणका लागि तयारीमा प्रतिरक्षा तत्परता कायम गरिरहेको कुरा उल्लेख गरेको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय, ब्लू हाउसले प्रक्षेपणपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक आयोजना गरेको छ । यो क्षेप्यास्त्र प्रक्षेपण यस वर्ष उत्तर कोरियाद्वारा परीक्षण गरिएको उसको नवौं क्षेप्यास्त्र परीक्षण भएको दक्षिण कोरियाले जनाएको छ ।
उत्तर कोरियाले गत फेब्रुअरी २७ मा पनि भूःउपग्रह विकास परीक्षण गरेको बताएको थियो तर यसलाई दक्षिण कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण नै भएको बताएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया