नेपाल राष्ट्र बैंकको वित्तीय सचेतना कार्यक्रम

वीरगन्ज: नेपाल राष्ट्र बैंंक, वीरगञ्ज कार्यालयले बारा जिल्ला, बारागढी गाउँपालिका–६, गडहलस्थीत श्री गम्भीरा ब्रजकिशोर माध्यमिक विद्यालयमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । सचेतना कार्यक्रममा वीरगञ्ज कार्यालयका का. मु. निर्देशक दण्ड प्रसाद खरेल र बारागढी गा.पा. का अध्यक्ष देवदत बछार थारुले अगुवाई गरेका थिए ।
कार्यक्रममा गभर्नर कार्यालयका उप¬निर्देशक डा. भागवत आचार्यले बैंकिङ तथा वित्तीय प्रणाली, बैंकिङ बानीको विकास तथा विस्तार, वित्तीय चेतना, वित्तीय सुरक्षा, वित्तीय समावेशीकरण एवं वित्तीय सशक्तीकरण वारे जानकारी गराएका थिए । उनले बैंक तथा वित्तीय संस्थाको काम, कर्तव्य, अधिकार एवं बैंकिङ सेवाको सदुपयोग तथा दुरुपयोग गर्दा हुने परिणामबारे सामान्य जानकारीहरुको प्रस्तुतीकरण गर्दै वित्तीय साक्षरताका विभिन्न आयामहरुबारे चर्चा गरेका थिए ।
कार्यक्रममा उनले बचत गर्ने बानीको विकास र उपायहरु, बैकिङ्क सेवा, सफा नोट सम्बन्धि बानीको विकास, आधुनिक बैकिङ्क सेवाहरु लगायत विषयमा समेत सरल भाषामा विद्यार्थीहरुलाई बुझाउनु भएको थियो । सो साक्षात्कार कार्यक्रममा प्रश्नोत्तर मिलाउने केही विजेता विद्यार्थीहरुलाई पुस्तक उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंंक, वीरगञ्ज कार्यालयका सहायक निर्देशक अमिष शर्माले सक्कली र नक्कली नोट छुट्याउने सामान्य विधिहरु बारे व्यवहारिक उपायहरूबारे जानकारी दिएका थिए । कामु सहायक निर्देशक दिनेश प्रसाद साहले वित्तीय साक्षरताबारे छलफल सत्र सञ्चालन गरेका थिए ।
उक्त वित्तीय सचेतना कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक लगायत स्थानीय बैंक तथा वित्तीय संस्थाहरु तथा सहकारीका प्रतिनिधीहरु र सर्वसाधारण गरी करिब १२५ जनाको सहभागीता रहेको नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयले जनाएको छ ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_KtjfLVo8gs_13ixflwm6w5gllpbowjxys5gvjwdhjufeh9xmdrg59j4svsr3uhwlo9hh5xp.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया