रोकिएन पीएसजीका खेलाडीका घरमा डकैती, डि मारियाको घरमा फेरि लुटपाट

काठमाडौँ : फ्रेन्च लिग वानमा आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) ले न्यान्ट्ससँग २-१ को अप्रत्याशित हार ब्यहोर्यो । पीएसजी टिम र समर्थकलाई हारबाहेक अर्को खबरले पनि निराश बनायो । त्यो खबर थियो, पीएसजीका विङ्गर एंगल डि मारियाको घरमा भएको डकैती ।
पीएसजीको घरेलु मैदानमै भइरहेको खेल १-१ को बराबरीको अवस्थामा थियो । प्रशिक्षक माउरिसियो पाचेटिनोले डि मारियालाई ६२ औँ मिनेटमा परिवर्तन गरे । डि मारियाको स्थानमा प्रवेश गर्ने अर्जेन्टिनाकै लियान्द्रो पाराडेस थिए । परिवर्तनको कारण थियो डि मारियाको घरमा भएको डकैतीको खबर ।
डि मारियाले खेलमा उच्चस्तरको प्रदर्शन गरिरहेका थिए । खेल बराबरीमा अघि बढिरहे पनि डि मारियाको बलमा खेल आफ्नो कब्जामा पार्ने धेयमा थियो । त्यही बेला पीएसजीका स्र्पोटिङ निर्देशक लियोनार्दोले पोचेटिनोलाई खबर दिए । अनि पोचेटिनोले डि मारियालाई मैदान बाहिर बोलाइयो । डि मारियाको घरमा भएको डकैतीको खबरले पीएसजीको प्रदर्शनमै असर पुगेको प्रष्ट देखिन्थ्यो ।
त्यसो त हिजो डि मारियाको घरमा मात्रै होइन, पीएसजीकै अर्का खेलाडी मार्किन्योसको घरमा पनि डकैती भएको फ्रेन्च सञ्चार माध्यमले जनाएका छन् । पीएसजीका खेलाडीहरूको घरमा डकैती भएको यो पहिलो पटक होइन । पछिल्ला १८ महिनामा गोलरक्षक सर्जियो रिको, पूर्व रक्षक थियागो सिल्भा, स्ट्राइकर एरिक मोटिङ लगायतका खेलाडीहरुको घरमा पनि यसअघि लुटपाटका घटना घटेका थिए ।
डि मारिया त झन् बारम्बार डकैतीको सिकार भइरहेका छन् । उनी म्यानचेस्टर युनाइटेडमा हुँदा पनि लुटपाटबाट पीडित भएका थिए । घरमा डकैती भएकै कारणले पनि डि मारियालाई म्यानचेस्टर छाड्न प्रेरित गरेको भनाई छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया