मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

एमाले बैठकमा को-को छन् ? झलनाथ खनाल गएनन्

काठमाडौँ : दोस्रो वरियताका नेता झलनाथ खनाल नेकपा एमालेको बैठकमा उपस्थित छैनन् । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच छलफलमा खनाल भने उपस्थित छैनन् । 

बैठकमा नेपाल समूहबाट ६ जना छन् भने ओली समूहबाट पाँच जना उपस्थिति छन् । छलफलमा ओली समूहबाट ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली छन् । नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट पनि सहभागी छन् । 

उनीहरूबीच पछिल्‍लो समय कात्तिक २५ गते ओलीसँग भेट गरेका थिए । त्यस यता कुनै छलफल भएको छैन् । सर्वोच्‍च अदालतले एमाले ब्युँताएपछि चर्को विवाद छ । केही दिनअघि मात्रै ओलीले नेपाल समूहका केही नेतालाई हटाएका थिए । नेपाल समूका केही प्रदेश प्रमुखसमेत ओलीले हटाएपछि नेपाल समूहले केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर कमिटी घोषणा गर्ने बताएका थिए । सात वटै प्रदेशमा नेपाल समूहले आफ्‍नै समानान्तर कमिटी घोषणा गरेको छ ।