भारतमा निजीकरणको विरुद्ध बैंक हड्ताल

काठमाडौं : भारतमा बैंकहरूको संगठित संस्थाले सरकारविरुद्ध हड्ताल सुरु गरेका छन् । त्यहाँको सरकारले सार्वजनिक क्षेत्रका दुई बैंकलाई निजीकरण गर्ने घोषणाविरुद्ध हड्ताल गरेका हुन् ।
केही महिनाअघि भारतीय वित्त मन्त्री निर्मला सीतारमणले बजेटमार्फत सार्वजनिक क्षेत्रका बैंकहरूलाई निजीकरण गर्ने घोषणा गरेकी थिइन् ।
यसअघि आईडीबीआई बैंकको निजीकरण भइसकेको छ । आईडीबीआई बैंकको ठूलो सेयर बीमा कम्पनी भारतीय जीवन बीमा निगमलाई बेचिएको थियो । त्यसबाहेक भारत सरकारले पछिल्ला चार वर्षमा १४ बैंकरूलाई मर्ज गरिसकेको छ ।
अल इन्डिया बैंक इम्प्लोइज एसोसिएसन (एआईबीईए)का महासचिव सीएच ब्यांकेटचलमले त्यहाँको सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार बैंकहरूको शाखास्तरमा चेक क्लियरेन्स र सरकारी कारोबारमा असर परेको छ । सँगै मुद्रा बजार र सेयर बाजारमा समेत यसले असर पारेको उनले बताए ।
यूनाइटेड फोरम अफ बैंक यूनियन्स (यूएफबीयू) को आह्वानमा सार्वजनिक क्षेत्रका बैंकहरूले गरेको हड्तालले सोमबार देशभरका बैंकमा चेक क्लीयरेन्स सहित अन्य बैंक सेवामा समेत असर परेको उल्लेख छ । यूएफबीयूले सोमबार र मंगलबार दुई दिने हड्तालका आह्वान गरेका हुन् ।

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_pa8aVKl1Ll_rpogat4wlwr8eb04lmc9gaeydnqvum5biv1qnigzuvk8y7r2ciwzwyygpfwg.jpg)
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

राजस्व संकलन कमजोर, प्रदेश र स्थानीय तहको अनुदान कटौती

प्रतिक्रिया