गण्डकी र मधेशका पर्यटकीयस्थललाई अन्तराष्ट्रिय स्तरमा जोडिने : पोखरेल
गण्डकी-र-मधेशका-पर्यटकीय

जनकपुरधाम–गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीन दिने भ्रमणका लागि शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेका छन् ।
मधेश प्रदेश सरकारको निमन्त्रणामा १८ सदस्य प्रतिनिधि टोलीसहित मुख्यमन्त्री पोखरेल जनकपुरधाम आएका हुन् । शनिवारदेखि शुरु भएको जनकपुरधाम—पोखरा विमान सेवाको शुभारम्भ मुख्यमन्त्री पोखरेलको जनकपुरधाम भ्रमणबाट नै भएको हो ।
जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘पोखराबाट जनकपुरधाम आउनमा लागेको ४०/४५ मिनेटमा आफूले जुन अनुभूति भयो भावनात्मक थियो ।’
गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार नै पर्यटन रहेको भन्दै उनले मधेश प्रदेशका पनि पर्यटकीय क्षेत्रहरुलाई गण्डकीसँग जोडेर जोडेर अन्तराष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जोड्न सकिएमा पर्यटनको दृष्टिकोणले धेरै महत्वपूर्ण हुने बताए।
मुख्यमन्त्री पोखरेलसहितका टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले प्लेनको क्नेक्टिभिटी बढेकोले यो ऐतिहासिक दिन रहेको बताए । उनले मधेश प्रदेशको सम्भावना बोकेको धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुमा मुख्यमन्त्री पोखरेलले भ्रमण गराउने जानकारी दिए ।
शनिबारदेखि जनकपुरधामदेखि पोखरासम्मको शुरु भएको विमान सेवा हप्तामा तीन दिन चल्नेछ। अहिले हप्तामा तीन दिन र पछि यात्रुको चाप देखेर थप गरिने जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुवँरले बताए। अहिले सोमबार, बिहिवार र शनिवार बुद्ध एयरको बिमान जनकपुरधाम–पोखराको उडान भर्नेछ।
मुख्यमन्त्री पोखरेल मधेश प्रदेशको भ्रमणको क्रममा प्रदेशको पहिलो दिन जनकपुर—जयनगर रेलवे, धनुषाधामस्थित धनुष मन्दिरको अवलोकन र अन्तर प्रदेश पर्यटन प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछ ।
दोस्रो दिन आइतबार बिहान जानकी मन्दिरको दर्शन र पूजा अर्चना मुख्यमन्त्री पोखरेलले गर्ने छन्। बिहान १० बजे बर्दिबासमा उनको स्वागतको कार्यक्रम आयोजन गरिएको छ। स्वागत कार्यक्रम सकेर मुख्यमन्त्री पोखरेलसहितको टोली भ्रमणको लागि सर्लाहीको भरत ताल, बाराको गढीमाई मन्दिर दर्शन गरेर जनकपुर फर्किने छन्।
तेस्रो दिन सोमबार बिहान महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि मुख्यमन्त्री पोखरेलेको औपचारिक मधेश प्रदेश भ्रमण सकेर बिहान १० जनकपुरधाम सोही विमानबाट पोखरा फर्किनेछ।

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रतिक्रिया