चार महिनापछि ओली-नेपाल समूहबीच छलफल सुरु
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच छलफल सुरु भएको छ । सोमबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा छलफल सुरु भएको हो ।
उनीहरूबीच पछिल्लो समय कात्तिक २५ गते ओलीसँग भेट गरेका थिए । त्यस यता कुनै छलफल भएको छैन् । ओलीले बालुवाटार बोलाए पनि नेपालले बालुवाटार नआउने भएपछि धुम्बाराहीमा छलफल भएको स्रोत बतायो ।
बैठकको पहिलो लहरको बीचमा ओली र नेपाल बसेका छन् भने ईश्वर पोखरेल र भीम रावल दायाँ बायाँ बसेका छन् ।
सर्वोच्च अदालतले एमाले ब्युँताएपछि चर्को विवाद छ । केही दिनअघि मात्रै ओलीले नेपाल समूहका केही नेतालाई हटाएका थिए । नेपाल समूका केही प्रदेश प्रमुखसमेत ओलीले हटाएपछि नेपाल समूहले केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर कमिटी घोषणा गर्ने बताएका थिए । सात वटै प्रदेशमा नेपाल समूहले आफ्नै समानान्तर कमिटी घोषणा गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया