मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्‍ने निर्णयबारे छलफल गर्न राज्य व्यवस्थाले बोलायो मुख्य सचिव

काठमाडौं : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्‍ने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न मुख्य सचिवलाई बोलाएको छ । आइतबार दिउँसो १ बजे बस्‍ने बैठकमा ‘संघीय गणतन्त्र नेपाल’ नलेख्‍ने सरकारको निर्णयबारे छलफल गर्न मुख्य सचिवलाई बोलाइएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

मुख्य सचिव शंकरदास बैरागीलाई कोभिड-१९ संक्रमण पुष्टि भएकाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हालेका सचिव खगराज बराललाई बैठकमा बालाइएको श्रेष्ठले जानकारी दिइन् । गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले औपचारिक कागजातमा लेखिँदै आएको ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएर नेपाल मात्रै लेख्‍ने निर्णय गरेको थियो ।

असोज २८ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले त्यो निर्णय कार्यान्वयन गर्न गराउन भन्दै संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको थियो । पत्रमा नेपालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ र अंग्रेजीमा ‘फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरिएकोमा अबदेखि नेपाली र अंग्रेजीमा ‘नेपाल’ मात्र लेख्‍न भनिएको छ । 

सरकारको यो निर्णयको सत्तारुढ दल नेकपाकै केही नेता र प्रतिपक्षी दलहरूले विरोध गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त सार्वजनिक रूपमै सरकारको यो निर्णयको विरोध गरेका छन् । 
 

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिवडा

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ : मनिष झा

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ :…

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता