शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

अडानको छैठौं राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने

अडानको-छैठौं-राष्ट्रिय-म

काठमाडौँ- नेपाल अडिटर्स एशोसिएसन (अडान) को पाँचौ राष्ट्रिय महाधिवेशनपछिको सातौं पूर्ण बैठक अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैठकमा देशभरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यलगायत सल्लाहकार एवं विभिन्न समितिका संयोजक एवं सदस्यहरुको उपस्थिति थियो । बैठकमा महासचिब झलकमणि लम्सालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गरेकाे आर्थिक प्रतिबेदन पारित गर्दै छैठौं राष्ट्रिय महाधिवेशनको मिति पनि तय गरेको छ ।

उक्त बैठकले २०७९ बैशाख १५ गते सम्म जिल्ला अधिवेशन, २०७९ जेष्ठ १० गते सम्म प्रदेश अधिवेशन सम्पन्न गरी २०७९ जेष्ठ २० र २१ गते काठमाडौंमा छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने पनि निर्णय गरेको छ । बैठकले लेखापरीक्षकहरुमाथि भएगरेका विभेदहरुको अन्त्य गर्न, देशको अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधान, बढ्दो मुल्य बृद्धि कम गर्न तीनवटै सरकारबाट जनसरोकारका बिषयमा ध्यानाकर्षण गर्दै तपशिल उल्लेख भएका १७ बुँदे बिशेष प्रस्ताबहरु पारित गरेको छ ।