कांग्रेसद्वारा वर्थिङ सेन्टरलाई व्यवस्थित गर्न माग

काठमाडौँ : नेपाली कांग्रेसले महिलाको प्रजनन र प्रसूति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशूल्क व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न तथा वर्थिङ सेन्टरलाई व्यवस्थित गरी मातृशिशु मृत्यदर कम गर्न माग गरेको छ ।
कांग्रेस केन्द्रीय महिला विभागको गत फागुन २९ र यही चैत १ गतेसम्म सञ्चालित वाग्मती प्रदेशस्तरीय महिला भेलाले प्रजनन र प्रसूति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भनिएता पनि पूर्णरुपले कार्यान्वयन हुन नसकेको भन्दै यस्तो माग गरेको हो ।
बढ्दो महिला हत्या हिंसा, बलात्कारजस्ता जघन्य अपराध नियन्त्रणका लागि सबै संलग्न अपराधिलाई कानूनको कठघरामा उभ्याउन र दण्डहीनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरावलोकनका साथै मौजुदा कानूनको कठोर कार्यान्वयनका लागि समेत भेलाले माग गरेको छ ।
बालिकालाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमपछि जारी घोषणापत्रमा उल्लेख छ । पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा र सबै तहका समिति एवं संसदीय समितिमा एक तिहाई महिला पदाधिकारी अनिवार्य हुनुपर्ने समेत माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

प्रतिक्रिया