‘निधन भएका सांसदलाई श्रद्धाञ्जली दिन मात्रै संसद् पुनःस्थापना गरियो’
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले निधन भएका सांसदहरुलाई श्रदाञ्जली दिन मात्रै संसद पुनःस्थापना भएको आरोप लगाएका छन् । हनुमानढोका दरबार संग्रहालय विकास समितिको १० औं वार्षिक उत्सवको अवसरमा आयोजित गरगहना प्रदर्शनी तथा पुस्तक विमोचन कार्यक्रममा ढकालले मृत सांसदहरुलाई श्रदाञ्जली दिन मात्रै संसद पुनःस्थापना भएको बताएका हुन् ।
ढकालले नयाँ जनादेशमा जान संसद् विघटन गर्दा प्रतिगमन हुने तर मृत सांसदहरुको शोक प्रस्ताव पारित गर्न मात्रै संसद बैठक बस्नु प्रतिगमन नभई केहो भन्दै प्रश्न गरे । सांसदहरुले होटलमा कोठा पाउन छोडेको प्रसंग उल्लेख गर्दै उनले प्रतिनिधि सभा पुनःस्थापनापछि सांसदकै हैसियतमा होटलमा बस्न थालेको टिप्पणी गरे ।
उनले संसदमा वर्तमान सरकारकै बहुमत रहेको रहेको भन्दै कसैको बहुमत पुगे सरकार गठन गरेर देखाउन चुनौती पनि दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया