व्यङ्ग्यकार उप्रेतीलाई भैरव स्मृति सम्मान
व्यङ्ग्यकार-उप्रेतीलाई-भ

मकवानपुर – व्यङ्ग्यकार नारी स्रष्टा हरिकला उप्रेतीलाई यस वर्षको भैरव अर्याल स्मृति सम्मान प्रदान गरिएको छ । विहीबार साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपरले आयोजना गरेको सम्मान समर्पण तथा व्यङ्ग््य कविता संग्रह विमोचन कार्यक्रममा भक्तपुरकी हास्यव्यङ्ग्यकार उप्रेतीलाई सम्मान गरिएको हो ।
वरिष्ठ हाँस्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा साहित्य संगम मकवानपुरले स्थापना गरेको २१ हजार १ सय ११ रुपैयाँको राशीको उक्त सम्मानको लागि अर्याल परिवारले २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
यसैबीच हाँस्यव्यङ्ग्य कवि मीनप्रसाद लामिछानेको व्यङ्ग्य कविता संग्रह मैले जिउन जानिन विमोचन गरिएको छ । लामिछानेको यो संग्रहमा ४१ वटा हाँस्यव्यङ्ग्य कविता रहेका छन् ।

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

प्रतिक्रिया