नेपाल सुपर लिगका सात टिम घोषणा

काठमाडौँ: नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्टले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल) मा भाग लिने सात फ्रेन्चाइज फुटबल टोली सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बैशाख ११ बाट सुरु हुने लिगमा भाग लिने टिमको सार्वजानिक गरिएको हो ।
एनएसएलमा विराटनगर, काठमाडौँ, ललितपुर, चितवन, पोखरा, बुटवल र धनगढीबाट एक-एक टिम सहभागी रहनेछन् । विराटनगरबाट विराटनगर सिटी फुटबल क्लब, काठमाडौँबाट काठमाडौँ रेजर्स र ललितपुरबाट ललितपुर फुटबल क्लब सहभागी हुनेछन् ।
त्यसैगरी, चितवनलाई एफसी चितवनले प्रतिनिधित्व गर्नेछ भने पोखराबाट पोखरा थन्डर्स एनएसएलमा रहनेछ । बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लब क्रमशः बुटवल र धनगढी सहरका टोली रहनेछन् ।
काठमाडौँस्थित दशरथ रंगशालामा आयोजना हुने लिगमा भाग लिने क्लबहरुको स्वामित्व ब्यपारिक समूहहरुले लिएका छन् । विराटनगर सिटी एफसीको स्वामित्व अनुप रञ्जन भट्रराइको समूहले लिएको छ भने काठमाडौँ रेजर्सको मालिक मोरङ अटो वर्क्स रहेको छ । त्यस्तै भाटभटेनी सुपर मार्केटले ललितपुर फुटबल क्लबमा लगानी गरेको छ भने चितवन एफसीसँग आइएमई समूह संलग्न छ ।
उता पोखरा थन्डर्सको मालिक लक्ष्मी समूह रहेको छ भने बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लबको स्वामित्व क्रमशः राजकुमार तिमिल्सिना र सुवास शाहीको समूहसँग रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना हुने लिगका खेलहरु राउण्ड रोबिनमा खेलाइनेछन् । प्रत्येक टिमले स्वदेशीसँगै विदेशी खेलाडी पनि राख्न पाउनेछन् । खेलाडीको अक्सन हुनेछ जसबाट प्रत्येक टिमले तीन विदेशी सहित २० खेलाडी खरिद गर्न सक्नेछन् ।
एनएसएलको सद्भावना दुत बलिउड स्टार सोहेल खान रहेको र उनी पनि लिग हेर्न आउने कार्यक्रममा जानकारी दिइयो ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया