बाहिर क्लिनिक खोलेको अभियोगमा दुई चिकित्सक बर्खास्त

हेटौँडाः हेटौँडा अस्पतालमा कार्यरत दुई जना चिकित्सकलाई अस्पतालले आइतबारबाट लागू हुने गरी बर्खास्त गरेको छ । अस्पतालमा कार्यरत जनरल सर्जन विशेषज्ञ डा. साजिद अन्सारी र छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई बर्खास्त गरेको हो ।
डा. अन्सारी विगत ३ वर्षदेखि र डा. पाण्डे दुई वर्षदेखि हेटौंडा अस्पतालको करारमा रहेर काम गर्दै आएका थिए । अस्पतालको नियमविपरीत कार्य गरेको भन्दै अस्पताल विकास समितिले उनीहरूलाई बर्खास्त गरेको जनाएको छ ।
अस्पताल समयमा निजि क्लिनिकमा गएरमा काम गर्ने तथा हेटौंडा अस्पतालका बिरामीलाई आफ्नै निजि क्लिनिकमा बोलाउने कार्य गर्दै आएका उनीहरूलाई हेटौंडा अस्पताल विकास समितिले यसअघि पनि पटक-पटक स्पष्टिकरण सोधेको थियो । उनीहरूलाई दुई पटकसम्म अस्पतालले निलम्बन पनि गरेको थियो ।
अस्पतालका अध्यक्ष प्रकाश पौडेलका अनुसार अस्पतालमा बिरामीको सेवा नगर्ने तथा जनताको सेवा नगर्ने भएपछि बर्खास्त गर्नुपरेको बताए । हाल अस्पतालमा दुई जना सर्जन उलब्ध छ । रिक्त पदको आजभोलि नै विज्ञापन गरेर चिकित्सक नियुक्त गर्ने तयारी गरेको उनले जानकारी दिए ।

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

प्रतिक्रिया