‘एभेन्जेर’लाई उछिन्दै ‘अवतार’ बन्यो सबैभन्दा धेरै कमाउने फिल्म

लसएन्जल्स : सन् २००९ मा रिलिज भएको जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’ सन् २०१९ सम्म सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड होल्डर थियो । तर, रुसो ब्रदर्सको ‘एभेन्जर इन्डगेम’ले विश्वभर ताबडतोड कमाइ गर्दै ‘अवतार’को रेकर्डलाई उछिन्यो ।
तर, भर्खरै मात्र ‘अवतार’ले कुल कमाईमा ‘एभेन्जर इन्डगेम’लाई उछिनेको हो । ११ वर्षपछि यो अवसर जुरेको हो ‘अवतार’को पुनः रिलिजले । ११ वर्षपछि यो फिल्म चीनमा गतहप्ता पुनः रिलिज गरिएको थियो । एक हप्ताकै अवधिमा फिल्मले ८ मिलियन डलर अर्थात ९२ करोड नेपाली रुपैंया बरारबर कमाएको थियो ।
योसँगै फिल्मको कुल कमाई २.८ बिलियन डलर अर्थात ३ सय २४ अर्ब नेपाली रुपैया बराबर भएको छ । यता ‘एभेन्जर इन्डगेम’को कुल कमाई २.७९७ बिलियन अमेरिकी डलर रहेको छ ।
नयाँ फिल्मको अभाव भएपछि चीनमा पुनः ‘अवतार’ प्रदर्शन गरिएको थियो । ‘अवतार’ एक नम्बर भएको ‘एभेन्जर’ निर्माता मार्वलले पनि निर्देशक जेम्स क्यामरुन र निर्माता जोन लानदाउलाई बधाई दिएको थियो ।
निर्माता जोनले चिनियाँ दर्शकलाई आभार व्यक्त गर्दै आफूहरू दोस्रो, तेस्रो र चौथो भाग ल्याउने तयारी गरिरहेको बताएका थिए । दोस्रो भाग यो वर्षको डिसेम्बरमा रिलिज हुने सेड्युल रहेको छ । तेस्रो र चौथो भने क्रमशः सन् २०२३ र २०२५ मा रिलिज हुने कार्यतालिका रहेको छ ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_g4VACZqKqB_go5mwgtmt477p6wmey5r07vgz4qjf2fgulerzr9jcdwcgk6uyokexje5qena.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया