मुखियापट्टीका शिक्षक र स्वास्थ्यकर्मीले बैैशाखदेखिको तलब पाएनन्

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा कार्यरत शिक्षक तथा स्वास्थ्यकर्मीहरु बक्यौता तलब भुक्तानीको माग गर्दै आन्दोलनको तयारीमा छन् । गाउँपालिकामा प्रावि तथा मावि गरी ११ वटा विद्यालयमा कार्यरत शिक्षक र ४ वटा स्वास्थ्य संस्था (हेल्थ पोष्ट) मा कार्यरत स्वास्थ्यकर्मीहरुको तलब बाँकी छ ।
स्वास्थ्यकर्मीहरुका अनुसार आर्थिक वर्ष २०७६/०७७ को जेठ महिनादेखि सीएमए, अहेव र एचए गरी ३५ जना स्वास्थ्यकर्मीको तलब, दसैं पेश्की र क्वारेन्टाइनमा खटेको जोखिम भत्ता बाँकी रहेको छ ।
त्यस्तै शिक्षकतर्फ प्रावि तहका १० वटा विद्यालयका शिक्षकहरुको असार र एउटा मावि तहका शिक्षकहरुको बैशाख महिनादेखिको तलब बाँकी रहेको छ । मावि तहमा ६ जना र प्रावि तहमा ८०, बालविकासतर्फ ८२ र कर्मचारी १२ जनाले तलब पाएका छैनन् ।
स्वास्थ्यकर्मी र शिक्षकहरुले बक्यौता तलबको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् । पटक पटक बाँकी तलब माग गर्दा पनि नपाएको स्वास्थ्यकर्मी जयकुमार यादवले बताए । ‘पटक पटक बक्यौता तलब दिन आग्रह गरियो’ उनले भने, तर प्रमुख प्रशासकीय अधिकृतले आफूलाई गाउँपालिका अध्यक्षले अख्तियारी नदिएको कारण भुक्तानी गर्न नमिल्ने भनेर टार्दै आउनु भएको छ ।’
दसैंमा पनि तलब र जोखिम भत्ता नदिएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुपरेको उनले बताए । तर सम्बन्धित निकायले कुनै चासो नलिएको उनले आरोप लगाए । तत्काल बक्यौता तलब उपलब्ध नगराए आन्दोलनमा जाने स्वास्थ्यकर्मीले चेतावनी दिए ।
शिक्षक र स्वास्थ्यकर्मीको तलब भुक्तानी गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत सुशोधकुमार ठाकुरले स्वीकार गरे । बजेट कार्यक्रम तयार नहुँदा र आफूले अख्तियार नपाउँदा तलब दिन नसकिएको उनले दाबी गरे ।
‘जनप्रतिनिधिहरुले बजेट बनाउने हो,’ उनले भने, ‘गाउँसभामा जनप्रतिनिधि र बोर्ड सदस्यबीच कुरा मिल्न नसक्दा गाउँसभा सम्पन्न भए पनि बजेट नआउँदा समस्या उत्पन्न भएको हो ।’ यस विषयमा प्रतिकिया लिन गाउँपालिका अध्यक्ष मनोज यादव र उपाध्यक्ष मीरादेवी महतोलाई पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
_7dQf342lgh_ny0rqmpd6dntb2mwlijiflfqsvwmufz22cstcdajpymlmpfm0n7tyhtnwzhs_jyMoTJBn4W_ndp3gzlci5cmxqo09jnko8ot7u85oidcyshgfqjhdeukke7hfzv38fmqfbzp.jpg)
प्रतिक्रिया