आठ सय किशोरीलाई स्यानेटरी प्याड
आठ-सय-किशोरीलाई-स्यानेटर

बाजुरा – बाजुराको बडीमालिका नगरपालिका-२ र ४ नम्बर वडाका ८ सय किशोरी र महिलालाई स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री सहयोग गरिएको छ ।
बडीमालिका नगरपालिकाका उपमेयर कविता विष्टका अनुसार किशोरीलाई महिनावारीका बखत स्वास्थ्य सुरक्षा अपनाउन सहज होस् भनेर स्यानेटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको हो ।
बडीमालिका नगरपालिकाको समन्वय र मानवीय सेवामा अनेकौ प्रयास कैलालीको सहयोगमा नगरपालिकाका प्याड वितरण गरिएको हो ।
वडा नम्बर ८ मा बुधबार सात लाख ५० हजार बराबरको र वडा नम्बर २ मा तीन लाख बढीको प्याड, नुहाउने साबुन, ब्रस लगायका सामग्री वितरण गरिएको हो ।
बडीमालिका नगरपालिका–२ र ८ वडालाई मार्च ८ मा छाउपडी गोठमुक्त घोषणा गर्ने कार्यक्रम तय भइसकेको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया