२ खर्ब लागतमा २८३ सडक निर्माण हुने, प्रधानमन्त्रीले गरे शिलान्यास
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शिलान्यास गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटामा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री ओलीले एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको सुरु गरेका हुन् ।
प्रादेशिक राजधानीसँग सडक सञ्जालले नजोडिएका २८३ स्थानीय तहलाई अगामी ५ वर्षभित्र जोड्ने गरी कार्यक्रमको सुरु गरिएको हो । सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी यसअघि नै भइसकेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । कार्यक्रमको कूल लागत भने करिब २ खर्ब लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले अब विकासको गतिलाई तिव्र रुपमा अघि बढाएको र यो भौतिक विकासको माध्यमबाट सामाजिक विकास पनि सँगै हुने बताए । प्रधानमन्त्री ओलीले सडक निर्माणमा प्राविधिक र व्यवहारिक पक्षलाई सँगसँगै ध्यान दिन आग्रह गरे ।
विकास मात्र नभइ दीगो विकासको मापदण्डलाई स्वीकार गरेर अघि बढ्न उनले निर्देशन दिए । समृद्द नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्न यो महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो निजी स्वार्थलाई ध्यानमा राखेर विकासलाई छायाँमा पार्ने प्रवृत्तीको विरोध गर्नुपर्ने उल्लेख गरे । स्वार्थ पुरा गर्नका लागि जे पनि गर्न तयार हुने प्रवृतिलाई पनि अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

प्रतिक्रिया