गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सुविधा

काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा संचालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा मिलाएको छ । मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच बिशेष समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी ब्यवस्थाको सुरु गरेको हो ।
कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी, मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्यूआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए ।
कार्यक्रममा गागलफेदी यातायात प्रालिका संचालकहरु बद्रिबहादुर खड्का, नारायण खड्का, कुमारध्वज खड्का, आनन्द खड्का तथा अन्य सेयरधनीहरुको उपस्थिति थियो । गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ ।
नगदरहित भुक्तानी ब्यवस्थालाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरुप मेगा बैंकले देशभरका विभिन्न सेवामुलक क्षेत्रमा क्यूआर कोड सुविधाबाट भुक्तानी गर्ने ब्यवस्थालाई प्राथमिकता दिँदै आएको छ ।

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_pa8aVKl1Ll_rpogat4wlwr8eb04lmc9gaeydnqvum5biv1qnigzuvk8y7r2ciwzwyygpfwg.jpg)
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

राजस्व संकलन कमजोर, प्रदेश र स्थानीय तहको अनुदान कटौती

प्रतिक्रिया