राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनः पहाडी

बुटवल : राष्ट्रिय दलित पत्रकार संघ, नेपालको पहिलो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । आइतबार बिहान सकिएको महाधिवेशनले संघका सस्थापक अध्यक्ष विनोद पहाडीलाई पुनः अध्यक्षमा सर्वसम्मत् निर्वाचित गरेको छ । संविधान सभा सदस्य रहिसकेका पहाडी नेपाल पत्रकार महाससंघ रुपन्देहीका पूर्वअध्यक्ष समेत हुन् ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली, खुल्ला उपाध्यक्षमा मिलन परियार, प्रदेश उपाध्यक्षहरूमा पर्वत पोर्तेल, भोला पासवान, बुद्धि विश्वकर्मा, दिपक परियार, विनोद परियार, टेकेन्द्र विश्वकर्मा र करन ताम्राकार सर्वसम्मत् निर्वाचित भएका छ्न । महासचिवमा लक्ष्मण दर्नाल निर्वाचित भएका छन् । सचिवहरूमा सन्तोष गन्धर्व, रिता बुढाथोकी, बिरु नेपाली निर्वाचित भएका छन् ।
कोषाध्यक्ष भिमबहादुर घिमिरे सर्वसम्मत् निर्वाचित भए। पदाधिकारीसहित ४१ सदस्यीय केन्द्रीय समिति महाधिवेशनले निर्वाचित गरेको हो ।
त्यस्तै ३ सदस्यीय अनुशासन आयोगसमेत गठन भएको छ । केन्द्रीय सदस्य खुल्लातिर अम्मर सुनार, राधेश्याम बिक, प्रमिण गजमेर, प्रेम सुनार, सरिता बराइली, मानसिङ्ग बिक, पिबि दियाली, सन्जय सौगात, राजेश सुनाम, वसन्त बिक, भिमबहादुर नेपाली गन्धर्व, राजन गाउले, बसन्त विश्वकर्मा, किशान सङ्गित नेपाली निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिको पहिलो बैठकसमेत सम्पन्न भएको छ । शुक्रबार पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको उद्घाटन गरेका थिए भने नेपाली कांङ्ग्रेसका नेता बालकृष्ण खाँणले सम्बोधन गरेका थिए ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया