युवक मृत फेला

बैतडी : चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका-१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् ।
कार्की बैतडीको दोगडाकेदार गाउँपालिका-६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए । “रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन”, उनले भने, “नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ ।”
गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानीमा मृत भेटिएका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया