सम्झौता कार्यान्वयन गर्न डा. केसीको अपिल

काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आफूसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डा केसीले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वय गरी चिकित्सा क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
डा. केसीले आफूसँग सरकारले पछिल्लो पटक सम्झौता गरेको एक महिना पुग्नै लागेको भन्दै सम्झौतामा केही तत्काल गरिहाल्नुपर्ने र अरु लामो समय लाग्ने भएको जानकारी दिदै काम शुरु गरिहाल्नु पर्ने सम्झौता कार्यान्वयनको प्रक्रियाबारे सरकारलाई दवाव दिन आग्रह समेत गरे ।
सरकारले यसअघि पनि बारम्बार सम्झौता विपरीतका काम गरेकाले सरकारलाई निरन्तर खबरदारी गर्नुपरेको डा. केसीले उनले नागरिक समाज, बुद्धिजीवीलगायत सबै आम नागरिकहरुको सहयोग, समर्थन र ऐक्यबद्धता रहेकाले नै सरकार आफूसँग सम्झौता गर्न बाध्य भएको बताए ।
सम्झौता कार्यन्वयन गराउन सरकारलाई खबरदारी गर्न सबैलाई अपिल समेत गरे ।

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाकर्मीको मात्र सुविधा लिने घोषणा

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

नेकपा माओवादी केन्द्रले भन्योः वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

प्रतिक्रिया