आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

ललितपुरमा साइकल लेन विवाद

ललितपुर : सडकको दुई पट्टी हरियो रंगको घेरो । त्यसको बीचबीचमा साइकल यात्रीको चिन्ह छ । ललितपुरको सडकमा देखिने यो घेराले एक समय निकै चर्चा बटुल्यो । 

ललितपुर महानगरपालिकाले नेपाल साइकल एसोसिएसनसँग सहकार्य गरेर यो सञ्‍चालनमा ल्याएको थियो । साइकल लेन बनाएकोमा महानगर र एसोसिएसनलाई थुप्रैले धन्यवाद समेत दिए ।
 
२०७६ मंसीर १४ गते ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कुपन्डोल-पुल्चोक साइकल लेन उद्घाटन गरेका थिए । तर, उद्घाटन हुँदैदेखि यो लेन विवादबाट भने अछुतो रहन सकेन । सडक विभागसँगको तालमेल नमिल्दा ललितपुरको साइकल लेनले पटक-पटक विवादको सामना गर्नुपरेको छ ।

विवादकै बीचमा महानगरले ललितपुरको २२ किलोमिटर सडकमा साइकल लेन निर्माण गरिसकेको छ । पहिलो चरणमा महानगरले कुपण्डोल हुँदै जावलाखेलदेखि मंगलबजारसम्म साढे १० किलोमिटर साइकल लेन बनाएको थियो । त्यस्तै दोस्रो चरणमा थप साइकल लेन विस्तार गरेको हो । अहिले ललितपुरको मुख्य सडकमा मात्रै नभइ भित्री सडकहरूमा समेत साइकल लेन विस्तार भएको छ । 

साइकल लेन बनाउन महानगरले आर्थिक वर्ष २०७५/२०७६ र २०७६/२०७७ मा लगातार ५० लाख बजेट छुट्याएको छ । २२ किलोमिटर सडक साइकल लेन भएपछि महानगरको अबको टार्गेट चक्रपथ छ । 

पछिल्लो समय चक्रपथको ६ लेनको सडक क्षेत्रमा पनि साइकल लेन विस्तार गर्ने योजना महानगरले बनाइसकेको छ । यसको लागि महानगरले संघीय सरकारलाई प्रस्ताव समेत पठाइसकेको छ । तर सम्बन्धित निकायले ध्यान नदिएको गुनासो ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको छ । 

‘हामीले प्रस्ताव पठाएको ६ महिना भयो, तर कुनै प्रतिक्रिया आएको छैन,’ मेयर महर्जनले इकागजसँग भने, ‘स्थानीयले गर्न लागेको काममा संघीय सरकार र सडक विभाग दुवैले साथ दिएका छैनन् । तर साथ दिएपनि/नदिएपनि हामी अर्को आर्थिक वर्षसम्म चक्रपथमा पनि साइकल लेन बनाउँछौँ । 

तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका महानिर्देशक इन्जिनियर अर्जुनजंग थापा चक्रपथमा साइकल लेन नै नचाहिने बताउँछन् । उनी भन्छन्, ‘लामो खुल्ला र चौडा सडकमा जताबाट कुदाए पनि हुन्छ । किन साइकल लेन भनेर छुट्टै बनाइरहन पर्‍यो ?’
  
त्यस्तै ललितपुरमा साइकल लेन बनाउनको लागि महानगरले सडक विभागसँग छलफल पनि नगरेको उनले बताए । ‘साँधुरोबाटोमा साइकल लेन बनाएर झनै सडक खुम्चिएको छ । लेन कति बनाउने, ट्राफिक सुरक्षाको हिसाबले राम्रो हुन्छ हुन्‍न भनेर विज्ञ सँग सल्लाह नै नगरी साइकल लेन बनाइएको छ,’ उनी भन्छन्, ‘हामी साइकल लेनको विरोधी होइनौँ, तर हामीसँग सल्लाह गरेको भए त्यही ठाउँमा राम्रो तरिकाबाट लेन बनाउन सकिन्थ्यो ।’
 
उनका अनुसार विभागसँग सडकसम्बन्धी फरक योजना छ । महानगरले नसोधिकनै साइकल लेन बनाएपछि त्यो बाझिएको र एकै ठाउँमा राज्यको पैसा दोहोरो परेकोसमेत उनले आरोप लगाए । 

‘महानगरले खर्च गरे पनि, हामीले खर्च गरेपनि त्यो दुवै राज्यको पैसा हो, जनताले ट्याक्स तिरेको पैसा हो,’ उनी भन्छन्, ‘उहाँहरूले एकपटक बनाउने, त्यही ठाउँमा हामीले अर्को पटक बनाउने गर्दा पैसा दोहोरो खर्च हुन्छ । जे भएपनि उहाँले गरेको काम हामीले मेट्न नपरोस् भन्‍ने हो ।’  


 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…