चन्द नेतृत्वको नेकपा र बुढाथोकी नेतृत्वको माओवादी केन्द्रबीच ३ बुँदे सहमति
काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच तीन बुँदै सहमति भएको छ । शनिबार नेकपा र माओवादी केन्द्रबीच ३ बुँदे सहमति भएको हो ।
दुई पार्टीबीच क्रान्तिकारीबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने, दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रूपमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागी बनाउने सहमति भएको हो ।
सहमतिपछि नेकपा अध्यक्ष चन्द र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कर्णजीत बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ३ बँदे सहमतिका बुँदाहरू उल्लेख छन् । केही दिन अघिमात्रै सरकारले चन्द नेतृत्वको समूहमाथि लगाएको प्रतिबन्ध फुकाएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया