तातोपानी नाकाबाट भित्रियो २ सय ८० टन युरिया
कृषि मन्त्रालय भन्छ : उत्तरी नाकाबाट ल्याएको युरिया प्रतिकेजी २ रुपैयाँ सस्तो

काठमाडौँ : उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ । नाकाबाट ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो ।
साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको हो । चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत् मल ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले गत फागुन २३ गते पहिलो पटक नाकाबाट रासायनीक मल नेपाल भित्रिएको बताए । अहिलेसम्म २ सय ८० टन युरिया मल आइसकेको छ । हरेक दिन ४/५ वटा कन्टेनरमा रासायनिक मल आइरहेको प्रमुख खत्रीले बताए । आयात गर्दा प्रयोग हुने कन्टेनरको सुविधा राम्रो भए १ महिनामा सबै मल आइसक्ने प्रमुख खत्रीले बताए ।
उत्तरी नाकाबाट पनि रासायनिक मल ल्याउन सके कृषकहरूले समयमै प्रयोग गर्न पाउने भएपछि रासायनिक मल आयात गरेको सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताए । कम्पनीले प्रति मेट्रिकटन करिब २० करोड नेपाली रुपैयाँमा मल ल्याएको छ । चीनबाट ५ दिनमा नाकासम्म र ७ दिन भित्र काठमाडौंसम्म मल ल्याउन सकिने अध्यक्ष शेर्पाले बताए ।
सुरुमा परीक्षणका लागि सानो परिमाणमा ४ हजार टन मल नेपाल ल्याइएको हो । कृषि मन्त्रालयका सहसचिव काञ्चनराज पाण्डेले उत्तरी नाकाबाट मल ल्याउँदा कृषकहरूलाई मूल्यमा प्रतिकेजी २ देखि ३ रुपैयाँ सस्तो पर्ने बताए । तातोपानी नाकाबाट भित्रिएको मल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप लगायत पहाडी जिल्लाका किसानले छिटै प्रयोग गर्न पाउने छन् ।
चीनबाट मल ल्याउन पहिलोपटक साल्ट ट्रेडिङले आव्हान गरेको ग्लोबल टेन्डर मार्फत सिल्कले अनुमति पाएको हो । भारत हुँदै ल्याउने बिकल्पमा अहिले तातोपानी नाकाबाट मल ल्याउन थालिएको हो । तातोपानी नाकाबाट मल आउन सके किसानलाई समयमै सहज मल उपलब्ध गराउन सकिने कृषि विभागका महानिर्देशक डा. गोविन्दप्रसाद शर्माले बताए ।
अहिले किसानले प्रतिकेजी करिब १८ रुपैयाँमा मल खरिद गर्न पाउनेछन् । बंगलादेशबाट जीटुजीमार्फत् मल आयात भइरहेको र तातोपानी नाकाबाट पनि मल आयात सुरु भइसकेकाले आगामी वर्ष किसानलाई मल अभाव नहुने दाबी महानिर्देशक डा. शर्माले बताए ।
आयात गरिएको प्रत्येक कन्टेनरमा ५ सय वटा बोरा हुन्छ । एउटा बोरामा ५० केजी युरिया मल हुन्छ । मलको प्रतिबोरा औषत खरिद मूल्य २ हजार ३ सय २२ रूपैयाँ ४४ पैसा रहेको छ । १ हजार ४ सय ३३ रुपैयाँ ७७ पैसा अनुदान सहित काठमाडौं, बनेपा, बिदुरका किसानले ८ सय ८८ रुपैयाँ ६७ पैसा प्रतिबोरामा मल खरिद गर्न पाउनेछन् ।
भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रूपमा सञ्चालनमा आएको हो । नाकाबाट दैनिक १४ कन्टेनर सामान पनि आयात भइरहेको छ । अहिले सबैभन्दा बढी मल आयात भइरहेको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीले अहिले मलको मात्र आयात गर्ने गरेको छ ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_mSNeJLyoLx_nngu0pn5jrj8t52rdpnsjxyqbhxmfhritdiqfugdxgtkm0ruvei1dkaftmfw.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9yKWOZRkKB_qdyeicsrztpwy1fkcqfzwzmurj6s74phfnidtxc0t9evzhkgu9hwknnyah7n.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया