मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

दाहाल र देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्ने अध्यादेश स‌ंसद्‍मा टेबुल गर्न दिएनन् : ईश्‍वर पोखरेल

फाइल तस्बिर

काठमाडौँ : उपप्रधानमन्त्री ईश्‍वर पोख्रेलले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवाले सरकारले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको आरोप लगाएका छन् । अनेम संघले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेलामा पोख्रेलले महिला अधिकारको कुरा गर्ने ,कम्युनिष्ट हुँ भन्‍ने, प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिएर कहिलेकाही नथाक्नेहरू नै महिला अधिकार र सुरक्षाविरुद्ध अग्रपक्तिमा उभिएको आरोप लगाए । 

उहाँले महिला हिंसा र बलात्कारविरुद्ध अपराधीहरूलाई दण्डित गर्न तथा  एसिड आक्रमणका दोषीलाई कारबाही गर्न सरकारले ल्याएका अध्यादेश प्रतिनिधिसभामा पेश गर्न नदिने क्रियाकलापमा संलग्‍नलाई घृणापूर्वक अस्वीकार गर्न पनि आग्रह गरे । अध्यादेश टेबुल गर्न नदिएर उनीहरूले कुकर्म गरेको भन्दै उपप्रधानमन्त्री पोख्रेलले त्यस विरुद्ध विरोध र भत्र्सनाको प्रस्ताव सभाबाट पारित गराउन पनि आग्रह गरे । 

उपप्रधानमन्त्री पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउन अनेकन खेल भइरहेको भन्दै त्यसविरुद्ध खबरदारी गर्न पनि कार्यकर्तालाई निर्देशन दिए । विगतमा एमालेको भगिनी संगठन अनेमसंघले महिलालाई राज्यका संरचनामा ३३ प्रतिशत सहभागीताको सुनिश्‍चिता गराउने कामको अगुवाइ गरेको भन्दै उनले महिला अधिकारको क्षेत्रमा प्राप्त यो उपलब्धिप्रति गर्वबोध गर्दे त्यसको नेतृत्व गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी प्रति पनि सम्मान गर्नुपर्ने बताए ।