कसैलाई हटाएको छैन, केहीलाई जिम्मेवारी मात्र दिएको हुँ : ओली
प्रधानमन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेताहरूलाई कुनै जिम्मेवारीबाट नहटाएको बताएका छन् । काठमाडौँमा शनिबार आयोजित कार्यकर्ता भेलामा एमाले अध्यक्षसमेत रहेका ओलीले नेपाल-खनाल समूह बैठकमा आए कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आफू तयार रहेको बताए ।
‘उहाँहरूले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन । पार्टी सदस्यबाट निकालेँ भन्या छैन । कतैबाट निकाल्या छैन । तर हामीले काम गर्दै गर्नुपरेन ? पार्टी चलाउँदै गर्नु परेन ?,’ ओलीले भने, ‘उहाँहरू आएपछि सल्लाह गरौला । अहिले पार्टी चलाउँदै गर्नका लागि हामीले केही साथीहरूलाई केही कामको जिम्मा दिएका छौँ ।’
उनले चैत ७ गते बोलाएको बैठक आएमा आफू छलफल गर्न तयार रहेको बताए । उनले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन आव्हान पनि गरे । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही गर्ने चेतावनी पनि दिए ।
ओलीले आफुलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिए । मोर्चा कसेर प्रधामन्त्रीबाट हटाए पनि नेकपा(एमाले) २० महिनापछि दुई तिहाइ बहुमतसाथ सिंहदरबार प्रवेश गर्ने उनको भनाइ छ ।
उनले एकता कायम राख्न र मिलेर अगाडी बढ्न नेकपा(माओवादी केन्द्र) का नेता कार्यकर्तालाई आग्रह गरे ।

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया