ग्रेट हिमालयलाई नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेटकाे उपाधि

काठमाडौं: नेपाल-पाकिस्तान फ्रेन्डसिप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले जितेको छ । धुम्बाराहीस्थित पाकिस्तानी दुतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई १ सय ७ रनले हराएर ग्रेट हिमालयले छैटौँ संस्करणको उपाधि हात पारेको हो ।
टस हारेर ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा १० विकेट गुमाउदै २ सय २० रनको बिशाल लक्ष्य प्रस्तुत गरेको थियो । उसको लागि हेमन्त श्रीवास्तबले शतकीय इनिङ्स खेले । उनले १०६ रन बनाए । यस्तै अशोक पौडेलले ३६ रन बनाए । एन्जल्सको लागि श्याम त्रिपाठीले ४ तथा बिपिन न्यौपानेले ३ विकेट लिए ।
ग्रेट हिमालयले दिएको २ सय २१ रनको विशाल लक्ष्य सहित जवाफी ब्याटिङ गरेको एन्जल्स १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो । उसको लागि दिनेश पुनले सर्बाधिक २१ रन बनाए । यस्तै बिबेक न्यौपानेले १७ रन मात्रै बनाए । ग्रेट हिमालयको लागि सुशान्त तिमिल्सिना र अशोक पौडेलले समान ३ विकेट लिए ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया