प्रदेश १ मा संसदीय दलको नेताविहीन माओवादी केन्द्र
संसदीय दलका नेता एमाले केन्द्रीय सदस्यमा मनोनित

विराटनगर : नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता टंक आङबुहाङ नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएसंगै माओवादी केन्द्र प्रदेश संसदीय दल नेताविहीन भएको छ । आङबुहाङ शुक्रबार एमालेको केन्द्रीय सदस्यमा मनोनित भएसंगै माओवादी केन्द्र दलको नेताविहीन भएको हो । माओवादी छोडेर एमालेमा लागेका आङबुहाङको सांसद पद समेत जाने भएको छ । आङबुहाङ एमाले ओली पक्षमा गएसंगै प्रदेश सभामा माओवादी केन्द्रको १५ सिट भएको छ ।
यता माओवादी केन्द्रले भने छिटै दलको नेता छान्ने जनाएको छ । ‘चाडै संसदीय दलको नेता छान्छौ,’ माओवादी केन्द्रका निर्वतनमान मन्त्री इन्द्रवहादुर आङबोले भने, ‘बस्न लागेको केन्द्रीय समितिको बैठकले समेत ठोस निर्णय गर्ने छ ।’
ताप्लेजुङ ‘ख’ बाट निर्वाचित आङबुहाङ २०५६ सालबाट माओवादीको पूर्णकालीन सदस्य बनेका थिए । सानै उमेरमा राजनीतिमा लागेका आङबुहाङ माओवादी केन्द्रको सचिवालय सदस्य हुन् । तर उनले पछिल्लो राजनितिक घटना क्रमसंगै लामो समयसम्म योगदान गरेको पार्टी परित्याग गरेका हुन् ।
‘अब एमाले र माओवादीमा कुनै फरक देखिएन । त्यसैले जहाँ बस्दा पनि फरक परेन,’ इकागजसंग आङबुहाङले भने, ‘नेपालमा अहिलेकै अवस्थामा समाजवादी क्रान्ति सफल हुने सम्भवना कतैबाट रहेन ।’
प्रदेश १ का अन्य जिल्लाको तुलनमा ताप्लेजुङ जिल्लामा एमाले ओली पक्ष कमजोर छ । नेकपा एक हुँदा ताप्लेजुङका नेता योगेश भट्टराई केन्द्रमा निकै प्रभावशाली रहेका र दुवै जनाको उमेर समूह पनि एउटै भएका कारण आङबुहाङले माओवादी वा दाहाल–नेपाल भन्दा आफूलाई ओली समूहमा नै सुरक्षित ठाने ।
त्यसका अलवा पाँचथरबाट प्रदेश सभामा निर्वाचित इन्द्रबहादुर आङबोको स्थानमा आफू सिनियर भएको र प्रदेशको मन्त्रिमण्डलमा आफ्नो नेतृत्वमा जानु पर्ने मनसाय आङबुहाङको थियो । तर आङबो प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेदेखि नै आङबुहाङ आफूमाथि अन्याय हुँदै आएको बताउँदै आएका थिए । पार्टीले उचित मुल्याङकन गर्न नसकेको भन्दै आङबुहाङले यस्तो निर्णय गरेका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आङबोले नै अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि राईले आङबोलाई मन्त्री पदबाट पुस ११ गते बरखास्त गरेका थिए । त्यसपछि ओली पक्षले आङबुहाङलाई मन्त्री बनाउने तयारी गरेको थियो ।
दल परित्याग गरेपछि आङबुहाङको सांसद पद त जान्छ तर उनी ६ महिनाका लागि मन्त्री बन्ने स्रोतले बतायो । ‘मन्त्री बन्ने बारे मैले सोचेको छैन,’ आङबुहाङले भने, ‘सांसद पद त त्यागेर जाँदैछु । राजनीति पद, प्रतिष्ठा र पैसाका लागि गरेको हैन ।’
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया