मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

यी हुन् माओवादी केन्‍द्रको स्‍थायी समिति बैठकले गरेका चार निर्णय

काठमाडौँ : नेकपा माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा सरभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहान पेरिसडाँडामा बसेको बैठकले एमालेमा गएका २३ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

उनकाअनुसार  बैठकले चैत २ गते हुने भनिएको राष्ट्रिय भेला स्थगित गरेको छ । चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको माओवादी केन्द्रले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकले गरेकाे निर्णय :

- माओवादी केन्द्र तर्फका संघीय मन्त्रीहरूलाई फिर्ता बाेलाउने ।

- एमालेकाे कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्‍ने ।

- २०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सुचना नआएसम्मका लागि स्थगित भएको छ ।

- २०७७ चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको छ ।