मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

दाहाललाई भेट्न महन्‍थ ठाकुर र बाबुराम भट्टराई पेरिसडाँडामा

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न जनता समाजवादीका नेता महन्‍थ ठाकुर र डा. बाबुराम भट्टराई पेरिसडाँडा पुगेका छन् । शनिबार बिहानै दाहाललाई भेट्न उनीहरू पेरिसडाँडा पुगेका हुन् । 

उनीहरूबीच सत्ता समीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ । जसपाले शुक्रबार नेपाली कांग्रेससँग पनि छलफल गरेको थियो ।