भारतसँगको खेल बलरले खेल जिताए : इंगल्यान्ड कप्तान मोर्गान

काठमाडौँ: भारत भ्रमणमा रहेको इंगल्यान्डले शुक्रबार घरेलु टिमलाई पहिलो टि–ट्वान्टीमा आठ विकेटले पराजित गर्यो । जितमा इंग्लिस बलरहरूको प्रदर्शन गर्व गर्न लायकको थियो । विशेषगरी फास्ट बलरहरूले इंगल्यान्डलाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।
अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको खेलमा इंगल्यान्डका जोफ्रा आर्चर र मार्क उडले आठ ओभरमा मात्र ४३ रन खर्चेर कुल चार विकेट लिए । आर्चरले तीन विकेट हात पारे भने उडले एक विकेट थपे । जसका कारण भारत निर्धारित २० आोभरमा सात विकेटको क्षतिमा एक सय २४ रनमा समेटियो ।
खेलपछि इंग्लिस कप्तान इयोन मोर्गानले बलरहरुले खेल जिताएको प्रतिक्रिया दिए । ‘हाम्रो उदेश्य फास्ट बलरहरूको उपयोग गर्ने नै थियो । जोफ्रा र उडले राम्रो बलिङ गरे । उनीहरुले यो खेलमा गरेको जस्तो बलिङ सधैँ दोहो¥याउन सकिँदैन । तर यस्तो बलिङले खेललाई अवश्य पनि मनोरञ्जनात्मक बनाउँछ,’ भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै मोर्गानले भने ।
उनले इंगल्यान्डको टिममा ब्याटिङमा जस्तै बलिङ विभागमा पनि प्रतिस्पर्धा रहेको बताए । टिममा भएका प्रतिभाशाली बलरहरूको उपायोग गर्दै खेल जित्ने रणनीतिमा आफूहरू सफल भएको कप्तान मोर्गानको भनाई थियो । ‘बलरहरूबाट यो भन्दा बढी अपेक्षा गर्नुहुँदैन । उनीहरुले उत्कृष्ट खेले । हाम्रो रणनीति सामान्य थियो, स्टे«ट बलिङ गर्ने । जसमा हामी सफल भयौँ,’ मोर्गानको भनाइ थियो ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया