मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

नेपाल पक्षले बोलायो केन्द्रीय समिति बैठक

फाइल तस्‍वीर

काठमाडौँ : नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे वानेश्वरस्थित अर्याल होटेलमा बस्ने केन्द्रीय विष्णु रिजालले जानकारी दिए । उनकाअनुसार पछिल्लो राजनीतिक अवस्थामा आगामी रणनीति तय गर्नका लागि बैठक बस्न लागेको हो ।

शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेताहरुबाट पार्टीको जिम्मेवारी खोसेका थिए भने आगामी महाधिवेशनको मिति समेत तोकेका थिए । महाधिवेशनको मिति तोक्ने र नेताहरूको जिम्मेवारी हेरफेर गरेपछि शुक्रबार नै नेपाल पक्षको आकस्मिर स्थायी समिति बैठक बसेको थियो । 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर महत्वपूर्ण निर्णयहरू गरेका थिए।