माओवादीले कारवाही गर्ने तयारी गरेको नेताहरूको सूचीमा को-को छन् ? (नामसहित)

काठमाडौँ : नेकपा माओवादी केन्द्रले एमालेमा गएका २३ जना नेताहरूलाई कारवाही गर्ने तयारी गरेको छ । ती नेताहरूलाई कारवाही गर्न पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिहान ९ बजेदेखि माओवादीको स्थायी कमिटी बैठक बसेको छ । ती नेताहरूलाई अहिलेकै वा अर्को बैठकबाट कारवाही गर्ने माओवादीका एक स्थायी कमिटी सदस्यले बताए ।
माओवादीबाट नाम चलेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साहलगायत २३ जना नेताहरू एमालेको विभिन्न पदमा मनोनित भएका छन् । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा एमालेको बागमती प्रदेश इन्चार्ज भएका छन् । एमाले अध्यक्ष ओलीले सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ । त्यस्तै प्रदेश-२ को अध्यक्षमा प्रभु साहलाई चयन गरिएको छ ।
जारी बैठकले एमालेमा गएका नेताहरूलाई कारवाही गर्ने एक स्थायी कमिटी सदस्यले इकागजलाई बताए । उनका अनुसार एमालेमा गएका माओवादीका सांसद पद पनि खारेज गर्ने तयारी माओवादीको छ ।
माओवादीले कारवाहीको तयारी गरेको नामावली
१) रामबहादुर थापा
२) टोपबहादुर रायमाझी
३) लेखराज भट्ट
४) मणिचन्द थापा
५) प्रभु साह
६) टंक आङबुहाङ
७) पासाङ शेर्पा
८) ज्वाला साह
९) टेकबहादुर बलामी
१०) कमल जंग
११) मनोज थापा
१२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा
१४) दधिराम न्यौपाने
१५) दिनेश पन्थी
१६) नवीन रोका
१७) धर्मराज रेग्मी
१८) डम्बर विष्ट
१९) गौरीशंकर थारु
२०) झपट बोहरा
२१) गिरधर लाल
२२) दावा लामा
२३) चन्द्रबहादुर खड्का

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया