मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

माओवादीको आकस्मिक बैठक बस्दै, एमालेमा गएकालाई कारवाही गर्ने तयारी

काठमाडौँ : नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । माओवादीले शनिबार बिहान ९ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडा बैठक बोलाएको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार माओवादीका नेता रामबहादुर थापासहितका २३ जनालाई एमालेको विभिन्‍न पदमा मनोनित गरेका थिए । त्यसलगत्तै माओवादीले आकस्मिक बैठक बोलाएको हो ।

'आजको बैठकले एमालेमा जानु भएका कम्रेडहरूलाई कारवाही गर्ने कुरा छ' एक स्थायी कमिटी सदस्यले इकागजसँग भने । उनका अनुसार एमालेमा गएका माओवादीका नेताहरूको सांसद पद पनि खारेज गर्ने तयारी माओवादीको छ । त्यस्तै आजको बैठकमा पछिल्‍लो राजनीतिक घटनाक्रम र सत्ता समिकरणबारे छलफल हुने बताइएको छ ।

माओवादीका नेताहरूलाई एमालेको विभिन्‍न पदमा मनोनित गरेपछि माधव नेपाल समूहले असन्तुष्ट जनाएको छ । नेपाल समूहले ओलीको एकलौटी निर्णय नमान्‍ने बताएका छन् ।