'एमाले एक रहँदैन, माधव पक्षलाई अफ्ठेरो पर्ने कदम नचाल्नू'

बुटवल : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब एमाले सिङ्गो पार्टीका रुपमा रहन नसक्ने बताएका छन् । माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरू एमाले पार्टीमै फिर्ता भए पनि त्यो पार्टी अब एक नरहने उनको दावी छ ।
बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले सो खुलासा गरेका हुन् । उनले रुपन्देही, कपिलवस्तु, नवलपरासीमा माओवादीतर्फबाट माधव नेपाललाई अप्ठेरो पर्ने कुनै कदम नचाल्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
‘पूर्वएमाले साथीहरूबारे निर्णय गर्दा तपाईंहरुले हेडक्वार्टरसँग सम्पर्क गरेर मात्रै निर्णय गर्नुहोला, आफै नटुंग्याउनु होला, कुनै पनि जिल्लाका हाम्रा गतिविधिले केन्द्रमा माधवजीहरूलाई पिन्च नहोस् (चित्त नदुखोस्),’ दाहालले सो कार्यक्रममा भने,‘किनकि त्यसको ठूलो अर्थ छ, अब एमाले एक रहने स्थिति नै छैन।’

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया