घरधनीले आफ्नै घर भत्काउन थाले
धनगढीमा सडक विस्तारको काम तिब्र

धनगढी : सडकमा पर्ने संरचनाहरू घरधनी आफै भत्काउन थालेका छन् । जसको कारण कैलालीको धनगढीमा सडक बिस्तारको कामले तिव्रता पाएको छ ।
एशियाली विकास बैंकको सहयोगमा क्षेत्रिय शहरी विकास आयोजना अन्तर्गत धनगढी उपमहानगरपाकिालमा सन् २०२० को जुलाईमा निर्माण व्यवसायीसँग सम्झौता सडक बिस्तारको कामअघि बढेको थियो ।
कैलालीमा धनगढी र गोदावरी तथा कञ्चनपुरको भिमदत्त र शुक्लाफाँटा नगरपालिकामा सडक निर्माण तथा विस्तारको काम अघि बढिरहेको छ । खास गरी उपमहानगरपलिकाको उत्कृष्ट सहजीकरण र समन्वयका कारण धनगढीमा सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन स्वयमं घरधनी स्वतस्फूर्त लागि पर्दा सडक निर्माण तथा विस्तारको काममा तिव्रता आएको क्षेत्रिय शहरी विकास आयोजनाका निर्देशक रबिन्द्र बोहराले बताए ।
बुधवार मात्रै धनगढी उप–महानगरपालिका–२ का ९ जना घरधनी र वडा–५ का ४ जना घरधनीले संरचना भत्काउन सुरु गरेका छन् । धनगढी उप–महानगरपालिका–५ तारा नगरका गम्भीर सिंह बमले नगरको विकासमा कसैले अवरोध गर्न नहुने बताए ।
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

भजहरमा रमाउँदै कैलालीका थारु समुदाय

प्रतिक्रिया