संसदीय समितिहरूको चहलपहल सुरू

काठमाडौं : प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदीय समितिहरूको चहलपहल सुरू भएको छ । सरकारलाई खबरदारी गर्ने र आवश्यक निर्देशन दिने 'मिनी संसद्' भनिने संसदीय समितिहरूले आफ्नो नियमित बैठकको कार्यक्रम राखेका छन् ।
प्रधानमन्त्री केपी ओलीले विघटन गरेपछि प्रतिनिधी सभासँगै संसदीय समितिहरू स्वत: विघटित भएका थिए । तर सर्वोच्च अदालतले प्रतिनिधी सभा ब्यूँत्याउने फैसला गरेपछि संसदीय समितिहरू फेरी आफ्नो नियमित खबरदारीसम्बन्धी क्रियाकलापमा सक्रिय हुने अपेक्षा गरिएको छ ।
शुक्रबार तीन संसदीय समितिहरूले आन्तरिक छलफलका लागि बैठक बस्दैछन् । बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बसेको थियो । त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि बिहान ११ बजे नै प्रदेशका पर्यटकीय गन्तव्यहरूको सम्बन्धमा बैठक राखेको थियो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहान साढे ११ बजे बैठक डाकिएको थियो । समितिको वार्षिक प्रतिवेदन र बजार अनुगमन उपसमितिको प्रतिवेदन समितिबाट पारित गर्ने कार्यक्रम छ । कृषिमा वैदेशिक लगानीलाई अनुमति दिने सरकारको निर्णय सम्बन्धमा छलफल गर्ने उल्लेख छ ।
सार्वजनिक वृत्तमा हुने भ्रष्टाचार र अनियमितताबारे खबरदारी गर्ने सार्वजनिक लेखा समितिले भने तत्काल बैठक राखेको छैन । उसले बेरुजू सम्बन्धी प्रतिवेदनको बाँकी काम सम्पन्न गर्नुपर्ने भएकाले त्यसमा व्यस्त रहेको समितिका सभापति भरतकुमार शाहले बताए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया