मोबिल र इनामेल कालोबजारी गर्ने पक्राउ

मोरङ : जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
विगत २० वर्षदेखि गोदाम भाडामा लिई नक्कली मोबिलमा सर्वोको स्टिकर टाँसी बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा निज पक्राउ परेका हुन् ।
प्रहरीले छापा मार्दा २०० लिटरसहितको १५ वटा ड्रम, २० मोबिलसहितको तीन ड्रम, १० लिटर मोबिलसहितका दुईवटा बाल्टिन, एक लिटर मोबिलसहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टिकर १०० थान, सर्वो स्टिकर छाप्ने फर्मा २१ वटा, लिटर मापन गर्ने सामग्री पाँच लिटर नाप्ने एक थान, एक लिटर नाप्ने एक, खाली एक लिटरवाला सर्वोको स्टिकर लगाएको १००, स्टिकर लगाएको एक लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट्स लेखिएको इनामेल ५०० लिटरको सात बट्टा, एक लिटरवाला दुई थान, सिल्भरको खाली बाल्टिन दुई थान र प्लाष्टिको बाल्टिन थान ३३ बरामद गरेको छ । रासस

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_1vJeFlZ1gC_pecs46bhxnas7sh5akkr9rxdbeqar1eg2iappdwkptkonmguj23hwmnxy28l.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया