‘मिर्जापुर २’ कतिमा बन्यो होला ?

काठमाडाैं : भारतमा पनि सिरिजका लागि बाहिरकै मुख ताक्नु पर्ने अवस्था थियो । मन खाने सिरिज हेर्न अमेरिका, बेलायत र स्पेनकै शरण पर्नुको विकल्प थिएन । तर, पछिल्ला केही वर्षमा ओटीटीको विगविगीसँगै भारतमै पनि एकसेएक सिरिज बन्न थालेका छन् ।
अमेजन प्राइममा प्रसारण भएको ‘मिर्जापुर’ भारतमै बनेको राम्रो सिरिजमध्ये एक थियो । यो सिरिज दर्शकले यति मन पराएकी अमेजनले दोस्रो सिरिज बनाउने वाचा ग-यो । नभन्दै पहिलो सिजन रिलिज भएको वर्ष दिनकै छेउछाउमा दोस्रो सिरिज रिलिज भएको छ ।
पहिलो झैं दोस्रो सिजनलाई पनि दर्शकले खुब रुचाएका छन् । पहिलो सिजनभन्दा दोस्रो सिजन कलाकार, सेट, कस्ट्युम र प्रस्तुतिमा झन् भव्य रहेको समीक्षकको प्रतिक्रिया छ । त्योसँगै यो सिरिज कतिमा बन्यो होला भन्ने उत्सुकता पनि बढेको छ ।
निर्माण टिमले चुहाएको सूचना अनुसार ‘मिर्जापुर’को पहिलो सिरिज १२ करोडमा बनेको थियो । तैपनि सुपरहिट भएको थियो । तर, निर्माण टिमले दोस्रो सिजनका लागि पहिलो सिजनभन्दा ५ गुणा बढी रकम खर्च गरेको जनाएको छ ।
अर्थात् दोस्रो सिजनमा निर्माण टिमले ६० करोड खर्च गरेको छ । ‘मिर्जापुर २’मा खर्च भएको यो रकम भारतमा बनेका सिरिजमध्येमा धेरै भएको अनुमान गरिएको छ । भारतमा सामान्यतया ठूला स्टार भएका फिल्म पनि यही बजेटमा बन्छन् ।

आमिर खानको ‘लालसिंह चढ्ढा’ अर्को सालको भ्यालेन्टाइनमा

‘ब्ल्याक विडो’लाई उछिन्दै ‘सङ ची’ बन्यो यो वर्षको सबैभन्दा कमाउने फिल्म

तिहारमा आउने भयो अक्षय र कट्रिनाको ‘सूर्यवंशी’

जेम्स बन्डको ‘नो टाइम टु डाई’को एडभान्स टिकट बिक्रीमा कीर्तिमान

के सामन्था र नागा चैतन्य छुट्टिएका हुन् ?

बलिउड अभिनेता दिलीप कुमारको निधन

जावेद अख्तरले हाले कंगनालाई मानहानीको मुद्दा

प्रतिक्रिया