अमेरिकी कङ्ग्रेसद्वारा १९ खर्ब डलरको कोभिड राहत प्याकेज स्वीकृत

काठमाडौँ : अमेरिकी राष्ट्रपति जो वाइडन ह्वाइट हाउस आएसँगै अघि बढाएको १९ खर्ब डलरको कोभिड-१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कंग्रेस)ले अनुमोदन गरेको छ । राष्ट्रपति वाइडन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन हुनुलाई जितको रुपमा लिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्, ‘यो एक प्रकारको विजय नै हो ।’
उक्त विधेयकमा माथि भएको मतदानमा पक्षमा २२० र विपक्षमा २११ मत खसेको थियो । अर्थात् कंग्रेसमा बहुमतमा रहेका डेमोक्र्याटसहरूले विधेयकको पक्षमा मतदान गरेको भए पनि रिपब्लिकन पार्टीले विपक्षमा मतदान गरेका थिए । यो विधेयकलाई अमेरिकी माथिल्लो सदनले चार दिनअघि बहुमतका आधारमा पारित गरिसकेकाल नै यो कार्यावन्यनयमा जाने भएको छ ।
निकै विवादमा परेको अमेरिकी श्रमिकको प्रतिघन्टा पारिश्रमिक १५ डलर पुर्याउने प्रस्ताव विधेयकबाट झिकिएको थियो । त्यो प्रस्ताव हटाउँदै प्रस्तुत उक्त विधयेक सर्वसम्मत् भने हुन सकेन । सिनेटमा रिपब्लिकन पार्टीका सदस्यहरूले विधेयकको पक्षमा मतदान गरेनन् । कंग्रेसले विधेयक पारित गरेसँगै राष्ट्रपति वाइडनले ट्वीट गर्दै सबैलाई धन्यवाद दिएका थिए । आज (शुक्रबार) विधेयकमा हस्ताक्षर गरेसँगै राहत प्याकेज कार्यान्वयनमा आउने अमेरिकी वायर एपीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
निकै चासोमा रहेको विषय भनेको अधिकांश अमेरिकी नागरिकलाई कोभिड राहत अनुरुप एक हजार चार सय डलर उपलब्ध गराउनेछ । सातामा तीन सय डलर आपतकालीन बेरोजगार भत्ता सेप्टेम्बरसम्म पाउने विषय पनि उल्लेख छ । विधेयकले निर्वाचनको समयमा वाइडनले व्यक्त गरेका प्रतिज्ञा र मुलुकको अर्थतन्त्रको पुनरुद्धार दुवै समेटेको छ ।
अमेरिकामा कोभिड-१९को कारण अमेरिकामा मानवीय क्षति र आर्थिक क्षति निकै डरलाग्दो छ । यसलाई सम्बोधन गर्न वाइडनले यो अवस्था सृजना गरेका हुन । अमेरिकामा कोभिड-१९ को संक्रमणबाट पाँच लाख २६ हजार बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
यो विधयेकले कोभिड-१९ सँग सम्बन्धित कार्यक्रममा खर्च गर्ने, संकटमा परेका परिवारलाई राहत दिने, रोजगारी जोगाउने र नयाँ रोजगार सिर्जना गर्ने लगायतलार्य समेटेको उल्लेख छ । अमेरिकाले यस्तो प्याकेजहरू ल्याए पनि मुलुकको ऋणभार भने २२ ट्रिलियन डलर पुगिसकेको छ । त्यसतर्फ कसैको चासो देखिँदैन । ६ सय पृष्ठ भन्दा लामो उक्त विधेयकले न्यून र मध्यम आय भएका परिवारलाई राहत उपलब्धको प्रयत्न गरेको छ ।
यो राहत प्याकेजले अमेरिकामा निकै चर्चा रहेको र सर्वसाधारणले उक्त प्याकेजलाई स्वागत गरेका छन् । रिपब्लिकन भोटर्सले पनि उक्त प्याकेज राम्रो रहेको उल्लेख गरिरहेको पनि संचार माध्यमहरूले दिएका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया