पशुपतिमा घटे दर्शनार्थी

काठमाडौँ : हिन्दु धर्मावलम्बीको विशेष पर्व महाशिवरात्रिको अवसरमा बिहीबार पशुपतिमा भक्तजनको घुइँचो लागेको छ । तर, गतवर्षहरूको तुलनामा यसवर्ष कम संख्यामा भक्तजन आएको पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य एवं वातावरण, सरसफाई तथा जुत्ता चप्पल व्यवस्थापन समिति सदस्य आशा पाण्डेले बताइन् ।
‘पहिले ६ देखि १२ लाख सम्मको दर्शनार्थी शिवरात्रीको समयमा पशुपति दर्शन गर्न आउने गर्थे,’ उनले भनिन्, ‘यसवर्ष १० लाख दर्शनार्थीहरू आउँछन् भन्ने आंकलन गरिएको थियो । तर, तीन देखि चार लाखको संख्यामा मात्रै दर्शनार्थी आएका छन् ।’
फाल्गुण कृष्ण चतुर्दशीका दिन शिवको ज्योर्लिंग उत्पत्ति भएको र सोही दिन पार्वतीसँग विवाह भएको साथै जनविश्वास रहेको छ । यस दिनमा दिनभर निराहार व्रत बसेर रातमा जाग्राम बस्ने चलन छ। भारतलगायत विभिन्न देशका हिन्दु साधुसन्त यो पर्वका अवसरमा पशुपतिनाथमा आउने गर्छन् । उनीहरूलाई खानेबस्ने, धुनी जगाउनेलगायत सबै बन्दोबस्त गुठी संस्थानले गर्दै आएको छ।
तर यसवर्ष भारतीय दर्शनार्थी पनि कम आएको समिति सदस्य आशा पाण्डेले सुनाइन् । पशुपतिमा सुनको जलहरी राखेपछि त्यो हेर्न भएपनि दर्शनार्थीको संख्या बढ्ने कोषलाई आशा थियो । उनले भनिन्, ‘यसपालि पशुपतिमा सुनको जलहरी राखिएको छ । जलहरीमा जलाविशेक गर्न पनि दर्शनार्थीहरूको भीड लाग्छ भन्ने सोचेको थियौँ । तर पोहोरपरारको तुलनामा कम दर्शनार्थी आए ।’
कोषले यसवर्ष भीड नियन्त्रण गर्न वा राम्रो वातावरणमा दर्शनार्थीले दर्शन गर्न पाओस् भनेर ११ वटा उपसमिति गठन गरेको थियो । साथै गतवर्षमा मन्दिरको भित्री क्षेत्रमा स्वयंसेवकहरू नै धेरै भएर भीड भएको भक्तजनहरूले गुनासो गरेपछि यसवर्ष मन्दिर सेवा बाहेकका स्वयंसेवकलाई मन्दिरबाट टाढै राखिएको छ ।
त्यस्तै गौशाला हुँदै जाने सडकमा यातायात चले पनि जाम र सवारी चापले भक्तजनको हिँडडुलमा भने समस्या देखियो । समिति सदस्य पाण्डे भन्छिन्, ‘गतवर्षभन्दा यसवर्ष भीड नियन्त्रण भएको देखियो । तर नेपाल प्रहरीसँग हाम्रो थोरै कोर्डिनेशन नमिलेको जस्तो भयो । प्रहरीले कोषकै कर्मचारी पदाधिकारी चिन्नुभएन ।’

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_txtuHllz8A_w2jwe64p5yhmmtmhfk2k9mhtmqjq2jrpyyss04ayqzvu1pnmxnxyvgqn7g6u.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9E9zQWPMwE_cd8dmvp5gyno4daib2prmw7q8fz7km6m1d96vdrhfw1twnykyqeftnmi4i0q.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

प्रतिक्रिया