आइभरी कोस्टका प्रधानमन्त्री हामेदको निधन

बर्लिन : पश्चिम अफ्रिकी मुलुक आइभरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको बुधबार जर्मनीमा निधन भएको छ । अर्बुध रोगबाट पीडित प्रधानमन्त्री हामेदको जर्मनीको अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आइभरी कोस्टका राष्ट्रपति अलास्साने औटाराले ट्वीट गर्दै जर्मनीमा अर्बुद रोगको उपचार गराइरहेका प्रधानमन्त्री हामेदको बुधबार निधन भएको र यसबाट मुलुक शोकमा डुबेको बताएका छन् ।
उहाँले ५६ वर्षीय प्रधानमन्त्री हामेदले देशका लागि पूर्ण लगनशीलताका लागि कार्य गर्नु भएको र युवाका लागि मोडेल नै रहेको बताउँदै हामेदको निधनबाट मुलुकले एक प्रतिभाशाली राजनीतिज्ञ गुमाएकामा दुःख प्रकट गरेका छन् । (रासस)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया