पाकिस्तानमा टिकटक प्रतिबन्ध

काठमाडौँ: लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई पाकिस्तानमा प्रतिबन्ध लगाइने भएको छ । पाकिस्तानी अदालतले त्यहाँको दुरसञ्चार नियमन निकाय पाकिस्तान टेलिकम अथोरिटी (पीटीए) लाई बिहीबार टिकटक माथि प्रतिबन्ध लगाउन आदेश दिएको अन्तराष्ट्रि समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरको अदालतलमा टिकटकले सामाजमा पाच्य नहुने किसिमको ‘कन्टेन्ट’ हुने भएकाले चिनियाँ सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउन माग राख्दै मुद्दा दायर गरिएको थियो ।
पाकिस्तानमा गत अक्टोबरमा पनि टिकटक बन्द गरिएको थियो । तर चिनियाँ कम्पनी बाइट डान्सले सञ्चालन गर्ने सामाजिक सञ्जालले स्थानिय कानुन अनुसार चल्ने प्रतिबद्वता जाहेर गरेपछि १० दिनमै प्रतिबन्ध हटाइएको थियो । विश्वभर लोकप्रिय रहेको टिकटक पाकिस्तानमा ह्वाट्सएप र फेसबुक पछि सबैभन्दा धेरै डाउनलोड गरिने एप्लिकेशन रहेको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।
लोकप्रिय हुनुको बाबजुद पनि टिकटिक विवादमा परिरहने सामाजिक सञ्जाल हो । चिनियाँ सरकारसँग नजिक रहेको र प्रयोगकर्ताको ‘डाटा’ सुरक्षित नहुने भन्दै टिकटकको आलोचना हुँदै आएको छ । टिकटकको सबैभन्दा ठूलो बजार रहेको भारतमा समेत सुरक्षाको कारण देखाउँदै चिनियाँ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको थियो ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया