शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

भारतीय सेनाध्यक्ष नरवणे औपचारिक कार्यक्रममा व्यस्त

काठमाडौं : औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणेको औपचारिक कार्यक्रममा ब्यस्त भएका छन् । उनी बुधबार मध्यान्ह भारतीय सैन्य विशेष विमानमा काठमाडौं आएका थिए । उनी बुधबार धार्मिक कार्यक्रममा ब्यस्त रहे भने नेपाल समकक्षी पूर्णचन्द्र थापाको रात्री भोजमा सामेल भए । उनको बिहीबार बिहान सैनिक मञ्‍चको वीर स्मारिकामा पुष्पगुच्छा अर्पण गरेर औपचारिक कार्यक्रम शुरु गरेका हुन् ।

पुष्पागुच्छा पछि उनी सैनिक मुख्यालय पुगेर वार्ता गरेका थिए । प्रधानसेपातिसँगको वार्तापछि उनले सैन्य उच्च अधिकारीसँग पनि वार्ता गरे । वार्तामा नेपाल र भारतबीचको सैन्य सहकार्य एवं सम्बन्ध थप मजबुद बनार अघि बढ्न पर्ने विषयमा कुराकानी भएको सैन्य अधिकारीले बताए । उनले त्यही क्रममा जंगि अड्डाको निरिक्षण गरेका थिए ।

 

प्रधानसेनापति थापाको विशेष निमन्त्रणामा नेपाली सेनाको महारथीको सम्मान ग्रहण गर्न नरवणे बुधबार नेपाल आएका हुन् । उनलाई अवको केहीबेरमा शीतल निवासमा महारथीको सम्मान दिइँदैछ । उनले समकक्षी र उच्च अधिकारीसँग दुईपक्षीय छलफल गरेपछि उनले नेपाली सेनालाई सहयोग स्वरुप चारवटा एम्बुलेन्स, दुई फिल्ड अस्पताललाई एक्स-रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्सलगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

उनी यतिबेला लैनचौरस्थित भारतीय दूतावासमा रहेर उनले केही भेटघाटमा छन् । त्यहाँ भेटघापनि उनी राष्ट्रपति कार्यालय शीतल निवास पुग्‍ने छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम छ । भारतीय सेना प्रमुख नरवणेको सम्मानमा प्रधानसेनापति थापाले रात्रिभोजको आयोजना गर्नेछन् । शुक्रबार बिहान उनले आर्मी कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनपछि दूतावासमा फकर्ने र केही भेटघाट गर्नेछन्। उनी शुक्रबार दिउँसो रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट शिष्टाचार भेटगरि माउन्टेण्ड उडान गर्ने र त्यसपछि फर्कने नेपाली सेनाले जनाएको छ ।

तस्बिरः भारतीय दूतावास

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस