‘कर्णालीको आँखामा आँसुमात्रै छैन, सपना पनि छ’

सुर्खेतः कर्णाली उत्सवको दोस्रो संस्करणको पहिलो सत्रमा ‘आम्नै कथा,आम्नै बान्की’ शीर्षकमा छलफल भएको छ । छलफलमा साहित्यकार बुद्धिसागर, रंगकर्मी हीरा बिजुली नेपाली, देउडा गायक नेत्रराज शाही र लेखक सरला गौतमले आफ्ना विचार राखेका छन् ।
रंगकर्मी हिरा बिजुली नेपालीले कर्णालीलाई डाँडाकाँडा बिकट भन्नेहरूसँग आपत्ति रहेको बताए । ‘डाँडा विकटताको प्रतिक होइन,’ उनले भने, ‘डाँडाकाँडा समस्या होइन संभावना हो ।’
रंगमञ्च समाज रुपान्तरणको औजार भएको बताउँदै उनले रंगमञ्चबाटै काठमाडौँमा कर्णाली देखाउने कोसिस गरेको समेत बताए । ‘तर, नाटकमा महिलाको भूमिका पुरुषले निभाउनुपर्ने अवस्था आएको थियो,’ उनले भने, ‘कर्णालीको रंगमञ्चमा रंग फिजाउन अझै धेरै गाह्रो छ । कर्णालीका धेरै आउनुपर्ने कुराहरू बाहिर आएका छैनन् ।’
लेखक सरला गौतमले कर्णालीमा आँसुमात्रै होइन सपना पनि भएको बताइन् । ‘कर्णालीको आँखाले रुदैन मात्रै सपना पनि देख्छ,’ उनले भनिन्, ‘तर, राष्ट्रिय पत्रिकामा पीडाले थलो पाउँछ । विचारले ठाउ पाउँदैन ।’ उनले कर्णाली डुल्दा सपना बोकेर ति सपना साकार पार्नेहरूको कथा सुनाउँदै कर्णालीमा आँसु मात्रै नभएर सपना,उद्यम, उर्जा सबै भएको बताइन् ।
साहित्यकार बुद्धिसागरले कर्णालीको लबजमै मिठास भएको बताए । ‘कर्णालीमा यस्ता साहित्यिक कार्यक्रम हुनु, छलफल हुनु राम्रो हो,’ उनले भने, ‘कर्णालीका कथाहरू पनि आउन थालेका छन् । तर, गहिराइमा आएका छैनन् ।’
देउडा गायक नेत्रराज शाहीले कर्णाली भन्ने बित्तिकै देउडा गायन जोडिएर आउने बताए । ‘देउडा कर्णालीको वास्तविक पहिचान हो,’ उनले भने, ‘देउडा गीतबाटै अहिलेका पप, लोक, आधुनिक गीतहरू प्रस्फुटन भएका हुन् ।’

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया