चार महिनाअघि बेपत्ता पुजन राईको मोटरसाइकल र जुत्ता भेटियो

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकबाट चार महिनादेखि बेपत्ता भोजपुर हतुवागढी–६ का २५ वर्षीय पुजन राईको मोटरसाइकल र जुत्ता भेटिएको छ । भोटेकोशी बसेरी ढुंगाखानीमा आधा डुबेको अवस्थामा क्षतिग्रस्त मोटरसाइकल भेटिएको हो ।
गत कात्तिक २८ गते बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायक पदमा कार्यरत राई सीमा क्षेत्रको हिन्दी बजारबाट फर्किएपछि चाकु बजारबाट सम्पर्कविहीन भएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार राईको गत मंसिर १ गते काभ्रेको ज्याम्दी र ६० घर पलाञ्चोकमा मोबाइलको जीपीआरएस ‘सिम लोकेसन’ देखिएको थियो ।
तर बिहीबार अचानक नदी र किनारमा क्षतिग्रस्त सवारीसहित जुत्ता भेटिएपछि सबैतिर खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोक र भोटेकोशी क्षेत्रको शंकास्पद स्थानमा राई खोज्न प्रहरी सक्रिय रुपमा खटेका छन् ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया