महाशिवरात्रिको रौनकः गङ्गामा लाखौंले गरे 'शाही स्नान'

नयाँदिल्ली : हिन्दू धर्मावलम्बीहरूको पर्व महाशिवरात्रिका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी घाटमा लाखौं श्रद्धालुले स्नान गरेका छन् । यस 'शाही स्नान' लाई व्यवस्थित तुल्याउन कडा सुरक्षा व्यवस्था गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
हरिद्वार कुम्भमेला प्रशासनका अधिकारीहरूले यहाँ पाँच हजारभन्दा बढी सुरक्षाकर्मी, सयौं सिसिटिभी र ड्रोनको व्यवस्था गरिएको जानकारी दिए ।
सन् २०२१ को कुम्भ मेलाको यो पहिलो शाही स्नान हो । प्रमुख कार्यक्रमहरूको कार्यसूची अनुसार, यस वर्ष हरिद्वारमा चार पटक 'शाही स्नान' र नौ पटक 'गङ्गा स्नान' हुनेछ ।
हरिद्वारको कुम्भमेलाको व्यवस्थापनमा खटिएका प्रहरी महानिरीक्षक सन्जय गुन्ज्यालले दिउँसोसम्ममा २२ लाख श्रद्धालुले स्नान गरिसकेको जानकारी दिए। उत्तराखण्डका नवनियुक्त मुख्यमन्त्री तिरथ सिंह रावतले महाशिवरात्रिमा सहभागी हुने श्रद्धालुको स्वागतका लागि हेलिकप्टरबाट पुष्पवृष्टि गर्न स्थानीय प्रशासनलाई निर्देशन दिए ।
कोभिड महामारीका कारण हरिद्वारमा यस वर्ष कुम्भमेला आगामी अप्रिल १ देखि अप्रिल ३० सम्म एक महिना गर्नेगरी तय भएको छ । महाशिवरात्रिको स्नानलाई पनि कुम्भमेलाकै एक भागका रुपमा लिइएको छ । महाशिवरात्रिलाई हिन्दूहरूले शिवालयहरूमा पूजापाठ र स्नान गरी निकै महत्वका साथ मनाउने गर्दछन् । रासस

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया